टुंडालदेवी एक परिचय
नेपालको सुरम्य काठमाडौं उपत्यकालाई देवभूमि भने पनि फरक पर्न जादैन । यहाँका देवताका मन्दिर आफ्नै शैलीमा उभिएका छन् । त्यस भित्र या बाहिर रहेको देवताको स्वरुप सौम्यातिसौम्य र भयंकर भन्दा भयंकर रुपमा प्रतिष्ठापित छन् । वास्तवमा अद्वैतवादको परिप्रेरुक्ष्यमा “इशावास्यमिद सर्वम” यो वैदिक सिद्धान्तले जगतमा जति छन् ती इश्वरले परिब्याप्त हुन्छ । साधकको साधना र भक्त भक्तिले साकार रुप निराकार इश्वरले लिनु पर्छ । अवतारवादको कारणमा प्रस्तुत हेतु छन् । धर्म संरक्षण गर्नु । त्यसको लागि साधुको परित्राण र दुष्कर्म गर्नेको विनाश यसैको लागि युग युगमा परमेश्वर साकार विग्रह लिएर प्रादुर्भाब हुनुहुन्छ । त्यही साकार रुपलाई कहिं प्रतीकरुपमा स्थापित गरि पुजा अर्चना गर्ने उपासना मार्गले प्रयोग विधि र्तुमाज ग–यो ।
यहाँको देवी देवताको ध्यान र पूजाक्रम परम्परानुरुप चलिरहेको त छ तर पूजक गूठीयारहरुको बिधाको अभावले गर्दा हत्योडिसम्मजोगिएको छ त्यो पनि अब धेरै दिन चलाउन गाह्रो पर्ने सम्भावना छ ।
यहँ म टुंडाल देवीको बारेमा केही खोज्दैछु र यी देवी बैष्णवी हुन् र स्मसान निर (टुकुचा) इच्छुमतीको किनार का.न.प.वडा न. ४ को करीब करीब बीच भागमा रहेकीछिन् । यहाँ धेरै देवताहरु छन् तर देवताको मुर्ति सावयव छैन र पोषण प्रतीकमा देवताको पूजा हुन्छ । यिनको जात्रा पनि बर्षमा १ पटक हुन्छ । भाटभोटेनीको मुर्ती चैत्र शुक्ल चतुर्दशीको दिनमा यहाँ ल्याइन्छ र पूर्णिमाको रात्रीको बेला फिर्ता लगि मन्दिरको पूर्व भागमा बाहिर नै राखिने गरेको छ । त्यसबेलाको पूजाको प्रकार पूर्ण तान्त्रिक मतानुसार भएको पाइन्छ । तर त्यस बारेमा कुन आचारले पूजा हुन्छ पूजकलाई थाहा होला भन्न सकिन्न । भाभोटेनीको मुर्ती र टुंडालदेवी बारे स्थानीय किंबदन्ति प्रशस्त पाइन्छ । तोरणद्धारमाथि ब्रम्हाणी भएको भाटभोटेनीको यस प्रकारको स्थिति अनुसन्धान र यो जात्रामा टुंडालदेवीको संबन्धबारे जान्न चाहेर पनि म असमर्थ छु । सोध्न जानु को संग ? गुरु पंरपरा नाश भएको छ । आफै लाग्न पनि प्राय ः असम्भब ठानेको छु ।
शाके ३९७ मा यस मन्दिर बन्दा यहाँको शासनकाल लिच्छबीकाल छ । शाके १९१० मा ३९७ घटाउदा १५१३ बर्ष अघि यी देवी प्रतिष्ठित भएकी छन् । लिच्छबी कालकै कुरा गर्दा बिदेशीले कैलाशकूट भवनको स्थापत्य कलाको वर्णन गरेको देख्दा चकित पर्नु पर्छ ।
हामीले त्यो भवन यही थियो भनेर खुट्याएर उत्खनन् गर्न बाँकी छ यसमा धेरै कुरा छन् । लिच्छवी कालका कलाकृति पुरखाले बनाएर जोगाए हामी बेचेर हिड्ने भयौं । श्री ५ महाराजधिराज विरेन्द्र वीर विक्रम शाहदेव सरकारबाट पुरातत्विक संरक्षण गरिबक्सन जागरुकता देखाई बक्सेकोले यो प्रबृती मथर भएको छ ।
अब राजाको संरक्षणमा हाम्रा अमूल्य निधि जोगिदै छन् । टुंडालदेवीको संवत कुँदेको ढुंगे पेटीमा छ त्यो पनि चोरी लैजानेतरखर नभएको होईन । स्थानीय जनसहभागितामा सो सुरक्षित छ । पहिलेको मन्दिर त नेपालको १९९० सालमा धरायसी भयो । हालको मन्दिर श्री ३ पद्म शम्शेरबाट २००३ सालमा निर्माण गराईएको हो । आज आएर स्थानीय संघ संस्था तथा वडाध्यक्ष्य, नगर पंचायतबाट निकै सुध्रको छ । पानीको द्रोणी (टयांक) बनाई पूजा गर्न आउनेलाई मन्दिर नजिकै धारा राखि हात गोडा धुन जल समेत सुबिधा भएको छ । मन्दिर संम मोटर पुग्ने ब्यवस्था पनि भएको छ ।
बिशालनगरको समाप्ति हुने सिमा निर तोरण द्धारमा स्थापित देवी भएकीले तोरण देव ीभनेको भन्ने कुरा युक्तिसंगत देखिन्छ । यस बारेमा स्थान नाम कोश भन्ने ग्रन्थमा कृष्ण प्रकाश श्रेष्ठले भनेको पाइन्छ । नगरको अन्तमा स्मशान्न र स्मसान निर उग्रदेवीपीठ राख्ने प्रचलन राख्ने प्रचलन भएको भएको हुँदा यो पनि तदनुसार हुन गएको हुन सक्तछ । तोरणको टुंडाल अप्रभंश हुदैन भनि ठोकेर भन्न सकिन्न । राक्षस शब्दको लाखे भएको छ नेवारी भाषामा ।
बिशालनगर आज नाम मात्र बोकेर आफ्नो प्राचिन गरीमालाई संकेत गर्छ । यहाँका ढुँगेधारा पुरेर त्यसमाथि बाटो बनाई मोटर जाने बनाउँदा पनि टोलेसंग बिरोध गर्न नसकि चूप बसेर रहने हामी भयौं । श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मी देवी सरकारबाट सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदको अध्यक्षता ग्रहण गरिबक्सेपछि हाम्रो सेवा भावमा पुनजागरण आएको यस बर्षको सेवा दिवसको अन्तिम दिन टुंडालदेवीको ठूलो पूजा भयो ।यस पिछडिएको क्षेत्रमा पनि सरकारको सुदृष्टि पर्न गयो । यो उज्वल भविष्यको धोतक मान्नु पर्छ । कतिराष्ट्र आज विकसित र समृद्घ भनिन्छन् ती टुंडालदेवीको ढुंगाको अगाडि के हुन् सांस्कृतिक संपदामा पंध«शय तेह्र बर्ष अगाडि यो मन्दिर बन्यो त्यो बेला त्यहाँ के थियो ? आज उनीहरुको अगाडि असभ्य ठानिएका संझन्छौं हामी आफैलाई ।