स्वयंसेवा
“आत्मा साक्षी राखी मनवचन र कर्मले सेवा गरौं” भन्ने मूल मन्त्रलाई साकार रुपदिने सामाजिक सेवाको उदेश्य अनुरुप विशाल मिलन केन्द्रले पनि स्वयम सेवालाई सामाजिक सेवाको एउटा कार्य मानी आएको छ सोहि अनुसार गत वैसाख ९ गते अर्थात बैशाख शुक्ल पुर्णिमाका दिन क.न.प.४ नं.वडामा अवस्थित श्री टुँडालदेवी मन्दिरमा वार्षिक पर्व अनुसार टुँडालदेवी जात्रामा स्वयम सेवा कार्यक्रम सक्रियताका साथ सम्पन्न भयो । वि.मि.केन्द्र कार्यकारिणी समितिका सदस्यहरु श्री राजेन्द्र अधिकारी श्री नारायण प्रसाद खनाल तथा सुश्री रोजी कट्टेलको संयूक्त संयोजकत्वमा संचालन गरिएको सो स्वयम सेवा कार्यक्रममा करिव ३०–४० जनाको सक्रिय सहयोग पुगेको थियो । हजारौं भक्तजनहरुको पूजा आराधना को कार्यमा ब्यवधान नपरोस भनिकन २ वर्ष अगाडि देखि उक्त मन्दिरमा वि.मि. केन्द्रद्घारा स्वयम सेवा प्रदान गर्ने कार्य संचालन हुंदै आएको छ ।