शुभ–कामना मिलन साँझ २०४६
हरेक वर्षको चैत्र ३० गतेको साँझ नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा शुभ– कामना ब्यक्त गर्न यस बिशाल केन्द्रले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस्तो किसिमको कार्यक्रम आयोजनाको सुरुवात २०४५ देखि भएको हो । एक वर्ष भरिका पुराना दिनहरु आँसु अनि हाँसो,दुख, असफलता आदि सबैलाई भुलेर यस कार्यक्रमले समस्त वडावासीहरुलाई शान्तिको लामो श्वास फेर्दै नयाँ जिवन यात्राको आरम्भ गर्नमा मदत पु–याउँदछ । यस वर्षको मिलन साँझ कार्यक्रमले पूर्ण रुपमा आफ्नो गति सम्हाल्न नपाउँदैकार्यक्रम विरोधी तत्वहरुको अभद्रपूर्ण व्यवहारले सो कार्यक्रमलाई एकाएक रोक्नु परेको थियो । रेशु पौड्याल र राजु पौड्यालको उद्घोषणबाट सुरु गरिएको सो कार्यक्रम मङ्गलधुून,कविता, बालनृत्य, नयाँ – वर्ष गान,आधुनिक गित र प्यारोडो पछि पुन ः अर्को आधुनिक गित “मुसुमुसु हाँसी देऊ” सकिन नपाउँदै बत्तिको तार काटी वालुवा र ढुङ्गा प्रहार गर्ने तर्फ लागेका केही अपरिचित दर्शकहरुको अमानविय अभद्रपूर्ण व्यवहारले असो दिनको कार्यक्रम बिचैमा स्थगित गर्नु प–यो ।
हुनत त्यही दिन कार्यक्रम पुन ः सञ्चालन गर्ने भनिए तापनि महिला तथा बाद कलाकारहरुको पनि सहभागिता रहेको सो कार्यक्रम सुरक्षाको अभावले उक्त दिन स्थगित नै गर्नु पर्दा उपस्थित जनसमुदाय खल्लो मन लिई आफ्नो घरतर्फ फर्किनु परेको थियो । तर भोलिपल्ट २०४६ बैसाख १ गते नयाँ–वर्षको शुभ साँझ ५ः३० बजे “मिलन साँझ,” दर्शकवृन्द र कलाकारहरुको एकतामा पुन ः रङ्गिएको थियो । उक्त कार्यक्रममा साने र सानी –हाँस्य नाटक,) उत्तम अधिकारी –व्यङ्गयात्मक कविता), सरोज पौड्याल –प्यारोडी), प्रमोद गुरुङ्ग, उत्तम आर्चाय, दिवाकर आचार्यद्घारा प्रस्तुत आधुनिक गितहरु, सिर्जना पौड्यालर रोजी कट्टेल (लोक नृत्य), चन्दा थापा तथा विमला गिरी –आधुनिक नृत्य), श्याम गुरुङ्गको (लोक गित), ले दर्शकहरुको मन लुटेको थियो भने राजेन्द्र गड्तौला तथा नारायण त्रिपाठीको दुई प्रदर्शनले दर्शकहरुलाई पेट थिच्न वाध्य पारेको थियो । यस्तै वाँसुरी धुून सुनाउने (राममणी भट्टराई तथा श्याम कृष्ण के.सी.), आधुनिक गित तर्फ (दिवाकर शर्मा, उत्तम आर्चाय, प्रभा खनाल, प्रमिला खनाल,सवरी अर्याल) आकर्षणको केन्द्र विन्दु बनेका थिए । उक्त कार्यक्रममै वासु मगर, प्रतिभा भण्डारी, शकुस कट्ठेल र अर्चना कार्कीद्घारा प्रस्तुत मुक्तकहरु र मैथिली नृत्य (विटु के.सी.र कमला मिश्र), कृष्ण खनाल र सरोज पौड्यालको स्वर लहरीमा श्याम पाण्डेको नृत्यले सुनमा सुगन्ध थपिएको थियो । यसरी थुप्रै शुभकामनाका कोशेलीहरु बेकेको “शुभ–कामना मिलन साँझ” अपेक्षकृत सफल नै रहेको महशुल गरियो । करिव साढे दुई घण्टा जति लामो कार्यक्रम पछि ९ बजे तिर अवोध गुरुङ्गको उदेघोषणबाट समाप्त गरिएको थियो ।
स्मरण रहोस् का. न. प.वडा न.४ र अन्य सहयोगी वडाका असंखय युवा,महिला, केटा–केटी, बुढाबुढी आदिले अघिल्लो दिनको घटनाको प्रतिकार गद्रै ठूलो संख्यामा साँस्कृतिक कार्यक्रममा उपस्थित भएर “मिलन केन्द्रको कार्यक्रम प्रति आफ्नो नैतिक र मौन समर्थन जनाइकन ठूलो एकताको प्रर्दशन गर्न सफल भएको कुरा स्पष्ट देखा पर्दथ्यो ।