स्वास्थ्य तथा जेहेन्दार छात्रवृती कोष
केन्द्रको स्थापान काल देखि नै सानै रुपमा भएपनि निशुल्क स्वास्थ्य सेवा स्थापना भएको थियो । यस कार्यक्रमले थोरै भएपनि स्थानीय वासिन्दालाई मद्दत पु–याउनुका साथै गरिव तथा असाहय ब्यतिmहरुलाई औषधिको समेत व्यवस्था गरेको थियो । २०४४ सालको धौसी–भैलो कार्यक्रम पछि ४ वडा समिति तथा धौसी–भैलो कार्यक्रमको संयूक्त सहयोगमा टुंडालदेवी मन्दिरमा निशुल्क स्वास्थ्य सेवा केन्द्रको स्थापना भएपछि एकै इलाकामा दुईवटा स्वास्थ केन्द्र रहन त्यति उपयूक्त नदेखिएकाले टुंडालदेवी मन्दिर कै स्वास्थ्य केन्द्रलाई बढी प्रभावकारी बनाउने उदेश्यले वि.मि. केन्द्रमा रहेको निम्न बिभिन्न स्वास्थ्व सामग्री प्राथमिक स्वास्थ्य सेवा टुंडालदेवीलाई हस्तान्तरण गरियो ।
- १) बिरामी सुत्ने खाट
- २) वइङ्ग मेशिन
- ३) प्लाष्टीक बाल्टीन
- ४) प्लाष्टीक बाटा
- ५) प्लाष्टीक जग
- ६) तकिया १, तन्ना १, तौलिया १, टर्चलाइट १,तथा डनलप १, आदी ।