सौगात को जन्म स्वरुप
मानव सभ्यताको ऐतिहासिक गोरेटो परिमार्जित मश्तिकको क्षितिजसम्म धकेल्ने प्रथम पाईला साहित्य नै थियो ।यसले पुर्विय जगतमा रहँदा गुण, रस,अलङ्कार आदि छन्द शास्त्रको लय माधुरीबाट परिस्कृत संस्कृतिको जन्म गरायो भने पश्चिमी जगतमा बुद्घि भाव,कल्पना र शैलीसंग प्रीती कण कण बाट प्रबिष्ट हुदै प्रत्येक मानव हृदय लाई ब्यूझाउँन पुग्यो । साहित्यले जे देख्यो त्यही सहिरुपमा उता–यो ।
दया र परोपकारको औपचारिकतालाई कर्तब्यमुखी बनाएर भाबनात्मक सहजतामा परिणत गरायो ।
समाजलाई सच्चा पथ प्रदशकको रुपमा सत्मार्गमा ंिहडायो । यस्तै अन्तरबोधले “सौगात” को सृष्टि श्री ५ युवाराजधिराज सरकारको शुभ–जन्मोत्सबको उपलक्ष्यमा २०४४ साल आषाढमा यसको जन्म भएको हो मासिक भित्ते पत्रिकाको रुपमा । सोहि साल प्रकाशन क्रम पनि शुभारम्भ भयो । २०४४ साल आषाढ १५ गते यसको प्रथम अंक प्रकाशन भयो ।
हरेक महिनाको १५ गते नियमित रुपमा सौगात प्रकाशन हुदै आइरहेको छ र यस मासिक भिते पत्रिकाको हालका सम्पादक मण्डलमा श्री कुमोध गुरुङ्ग प्रधान सम्पादक, सहायक सम्पादकहरुमा शेष राज भट्टराई, दिपेन्द्र शर्मा र उतम आर्चाय हुनुहुन्छ । पाठक बन्दको हातमा रहेको यो स्मारिकाको नामपनी यसै भित्ते पत्रिका सौगात को नामबाट राखिएको ।