An introduction to BISHAL MILAN KENDRA contact.php feedback.php

बिशाल मिलन केन्द्र र यसको सुरुवात

bimikeकाठमाडौ नगर पंचायत ४ नं वडाको इतिहासमा “बिशाल मिलन” केन्द्र वालकुमारीको आफ्नो मौलिकता बिशेषता रहन पुगेको छ । आउँदो भविष्यमा जब कुनै बेला यहाँको माटो र जीवनको अनुसन्धान हुनेछ त्यो बेला प्रष्टत ः एक कुरा भन्नु पर्नेछ अनेकौं उदेश्यहरु मध्ये यस केन्द्र को मार्फत सार्वजनिक रुपले सामुहिक प्रयासमा स्थानीय जनताको एक ढोका पछि अर्को ढोका पुग्ने काम भयो । दोस्रो यसले आफ्नै बिचका असंख्यौं अपरिचित सामान्य ब्यतिmत्वहरु देखिलिएर उच्च स्तरका ब्यतिmत्वहरुको बीच सामुहिक ढंगले आपस्तको चिनापर्चि, बोलचालको बिकास गरायो । तेश्रो कुरा अहंकार र व्यतिmवादको विरुद्ध यसले सामाजिक विकास तथा सामुहिक निर्णय र व्यतिmगत जिम्मेवारी प्रति सचेत तुल्याउने कार्य ग–यो । चौथो कुरा यसले आफ्नो वडाका युवा, महिला,केटा,केटी प्रौढ वृद्धजनहरुको मन र मष्तिकमा सामाजिक चेतनाको बीउको बिजारोपण ग–यो । पांचौ र अन्तिम कुरा के भनेदेखि शुरु देखिनै यो सरकारी अनुदान सहयोगको कृपादृष्टिको मुखमपेक्षी भएर रहेन । ४ न. वडाका जनता बीच पुग्ने मिलन केन्द्रको यो खुल्ला उदेश्य थियो । आफ्नो इतिहासलाई बुझ्नका साथै आफ्ना उदेश्य तथा उपलब्धिहरुको व्यापक प्रचार प्रशारका लागि पनि यसै किसिमको अपेक्षा यहाँ राखिएको थियो भन्नुकुनै किसिमको घृष्टता नहोला । एउटा संस्थाले जनता बीच पुग्ने भन्ने कुरा सानो कुरा होइन । अत्यन्तै छोटो अवधि भित्रै यसले जुन नाम र प्रतिष्ठा अर्जित ग–यो त्यो कसैका लागि पनि ईष्र्याको विषय हुन सक्दछ । अब प्रश्न एउटै छ यस केन्द्रबाट प्राप्त हुने लाभ र उपलब्धिको अंशियारका भागीहरु समस्त नगरवासीहरु हुन पाउने छन्या केही पढे लेखेका सम्भ्रान्त, उपभोक्ता वर्ग जो आर्थिक रुपले पनि सम्पन्न छन, तीनै व्यक्तिहरुमा मात्र गएर यो कतै सीमित रहनेत होइन भन्ने आसंका र भ्रमको जुन अङ्कुरहरु सुसुप्त रुपमा देखा पर्न थालेका छन् त्यसको निर्कोल र समाधान यसका वरिष्ठ संचालक र अधिष्ठाताहरु द्धारा कसरी गरिने छ भन्ने कुरा साधारण नगरवासीहरुमा उत्सुकता र चाखको विषय हुन गएको छ । एउटा संस्थाको संचालन गर्दा त्यसमा पनि सामाजिक सेवा पु–याउने उदेश्य लिई खडा भएको संस्थाको अगाडि असंख्यौ समस्याहरु मुख बाएर रहेको हुन्छन् । यो सबैले गम्भिर रुपमा अनुभब गरेको कुरा हो । सब भन्दा पहिलेयो विशालनगर ४ न. वडाका नगरवासीहरुको जन–स्तरमा खडा भएको पहिलो साझा सामाजिक संस्था हो । यसका उदेश्यहरु साझा छन्। यसले सबभन्दा पहिले हाम्रो वर्तमान (समकालीन ) प्रवृतिहरुलाई प्रतिविम्वित गर्दछ ।

यसले यस नगर अन्तरगतको रुढी–बुढी,पिछडिएका अर्थतन्त्र, सामाजिक असमानता,छाडा र उश्रृङखल पतनोमुख,संस्कृतिको विरुद्घ एउटा नयाँ चेतनशील सामाजिक शतिmहरुको निर्माण गर्नमा सहयोग पु–याउनु परेको छ किन कि अधोगतिबाट उँभोगतिमा पु–याउनु नै यसको खास उदेश्य रहदै आएको छ । हाम्रो जुन वर्तमान सामाजिक परिपाटी र आर्थिक संरचनाहरु छन् त्यसले अन्तरविरोधबाट आक्रान्त सामाजिक व्यवस्थालाई जन्म दिन्छनै । तसर्थ त्यसको विकल्पमा यसले वैज्ञानिक परिपाटीमा आधारित विचारधाराको अनुशरण गरि नगरवासीहरुको सामाजिक दृष्टिकोणलाई फेर्नमा प्रमुख रुपले सहयोग पु–याउनु आजको आवश्यकता देखिन्छ । यसै उदेश्यबाट प्रेरित भई खडा भएको यस विशाल मिलन केन्द्रले आफ्नो दुई वर्षको इतिहासमा नगरवासीहरुका बीच के कस्ता कार्यहरु ग–यो त्यसको संक्षिप्त जानकारी सार्वजनिक रुपमा हुनु सर्वाधिक महत्वको कुरा हुन पुगेको छ ।

यसले सर्वप्रथम पढे लेखेका देखि लिएर निपढ र निरक्षरको बीच सामुहिक रुपले सफाई सुग्घर गरि आफ्नो वडाको संरक्षण गर्ने कुराको चेतना जगायो । जसले गर्दा साधारण वडावासीहरुमा यस प्रति आर्कषण बढ्न गयो र स्थानीय जनताको दृष्टि पनि हिजोको भन्दा आज बढी व्यापक र ज्ञान वर्धक रहन पुगेको देखाप–यो । विचार एवं वैज्ञानिक तथ्यहरुको आधारमा सफाई सुग्घर प्रति जनतालाई, वडाबासीहरुलाई सामुहिकरुपले सचेत तुल्याई राख्नु ठूलो कुरा हो । व्यवहारमा विभिन्न अवरोधहरुले गर्दा तत्कालै यस क्षेत्रमा यो पुणत ः सफल नदेखिएता पनि जनताको बीच आफ्नो मिशनलाई लिएर जान सक्नु नै यसको ठूलो उपलब्धि हो भन्ने मान्नु पर्दछ । दोस्रो कुरा संचार ः– सम्प्रेषणको माध्यमबाट स्थानीय नगरवासीहरुको बीच कला साहित्य, संगीत, नृत्य, गान–बजान, नाटक मंचन, कवितापाठ र खेलकुद प्रति सामुहिक रुपले निकै क्षेत्रमा बहुआयमिक कार्यहरु गर्न सफल रहेको देखा प–यो । सामुहिक रुपले निकै साप्ताहिक, मासिक अखबारहरु, मासिक पत्रिकाहरु पढ्ने ःपढाउने आपस्तमा बसेर विभिन्न समस्याहरुलाई लिएर सामुहिक रुपमा छलफल गर्ने, आफूलाई लागेको सुझावहरु प्रस्तुत गर्ने, पनि मिलन केनद्रको स्थापना पछि हुन गएको हो । झै लाग्दछ ।

तेश्रो यसले स्वास्थ्यको क्षेत्रमा पनि रक्तदान केन्द्रको स्थापना गरी रक्तदानको कार्य शुरु गरि सामुहिक सेवाको भावनालाई प्रष्फुटित तुल्याउनको साथै एउटा जागरणको लहर उत्पन्न गरि दिएको छ । जो कम उपलब्धिको कुरा होइन ।

चौथो वडावासीहरुमा आफ्ना साना –ठूला समस्याहरुदेखि लिएर तथ्यमा आधारित स्थानीय समस्याहरुको समाधान तथा निर्कोलका लागि सामुहिक रुपले छलफल गर्ने सबैका बिरोधी विचारलाई पनि सुन्ने र त्यस भित्रका ठोस र सहि कुरालाई कार्यान्वयन गराउनमा तत्परताको साथै सचेतता देखाउनु यसको मूल उदेश्य रहदैं आएको छ । जो यसको । सकरात्मक प्रगतिशील पक्ष हो ।

पांचौ जुवा, लागु औषधी सेवन, खोपी,रण्डीबाजी,रक्सि, अनैतिक र समाजद्घारा तिरस्कृति फोहोर कार्यमा संलग्न रहदै आएका केही हर्फनमौला युवा वर्गलाई नयाँ जीवन र दृष्टि दिनमा सामाजिक सेवा प्रति आकर्षित तुल्याउनमा यसको ठूलो देन रहेको छ । स्थानीय महिला पढे लेखेका शिक्षित केटीहरुमा पनि पहिलो पल्ट सार्वजनिक रुपले यसका विभिन्न कार्यक्रमहरुमा सहभागिता देखाई आफ्नो शीप, योग्यता र क्षमताको प्रदर्शन गर्ने कार्य भएको छ ः जुन यस भन्दा पहिले देखा परेको थिएन । यस वडाका केटीहरु र महिलाहरु प्रथमपल्ट सामाजिक सेवा र सांस्कृतिक कार्यहरु प्रति उत्सुकता देखाउँदै सहभागी बन्दै गइरहेका छन् । अहिले सम्म यसको जुन खुल्ला,स्वतन्त्र, वैज्ञानिक तथा प्रगतिशील भूमिका रहंदै आएको छ आउंदा दिनहरुमा यस प्रति निहित स्वार्थले ग्रसीत रहन पुगेकाहरुको हातको यो खेलौना नहुन पुगोस् भन्ने तर्फ सबैको विशेष सर्तकता र सचेतता आवश्यक रहन पुगेको छ ।

जे होस यसले अति नै समयमा का.न.पं.वडाका स्थानीय जनताहरुमा कला संस्कृति साहित्य,खेलकुद, सुग्घर ः–सफाईहरु संभारहरुका साथै सामाजिक कार्यलाई अगाडि बढाई स्वतन्त्ररुपले उसको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकस्तर उठाई स्थानीय जनसाधरणमा सामाजिक सेवा प्रति नव निमार्णका लागि जन स्तरबाट जुन व्यापक परियोजनाहरु श्ुारु गरिदैछ त्यस प्रति सहयोग जुटाउन सबैको साझा दावित्य हुन आएको छ ।

जहाँ सम्म मलाई लाग्छ यो विशाल मिलन केन्द्रको शुरुआत का.न.प.४ न. वडाका केहि सचेत प्रवृति भएका, पढे लेखेका, सामाजिक तथा सार्वजनिक क्रिया कलापहरुमा विशेष उत्सुकता ,जिज्ञासा राख्ने समुहरु, त्यसमा पनि खास गरि चण्डोल, बालकुमारी धुम्बाराहीका वरि–परी बस्ने नयाँ रगतका युवाहरुको सकृयता ः वयोवुद्ध तथा सम्मानित यस वडाका प्रमुख व्यतिmहरुको आपस्तको भेट–घाट,लामो उठबस,सर–सल्लाहबाट नै यसको जन्म हुन पुग्यो । यसले आफ्नो प्रारंभिक काल देखिनै यस वडाका परिवारहरु एवं शुभ–चिन्तकहरुबाट ठूलो नैतिक, भौतिक, आर्थिक सहयोगहरु विभिन्न रुपमा जसरी प्राप्त ग–यो र भईराखेको छ । त्यो धेरै नै उत्साहप्रद र प्रेरणादायक रहन पुगेको छ । हिजोको भन्दा आज यसका परिवार र शुभ–चिन्तकहरु हितैषिहरुको संख्या बढ्दो छ । व्यतिmगत राय र नाम भन्दा पनि यसले बढी सामुहिक कार्य र सामुहिकतामा बढी जोड दिदै आएकोले यसका विभिन्न क्रिया–कलापहरु प्रति सबैको रुची बढ्दै गएको देखिन्छ ।

यसको सबभन्दा ठूलो विशेषता के रहेको छ भने यस भित्र सब विचार धारणा तथा दृष्टिकोण राख्ने बुद्घिजीवी, कर्मजीवीहरुको सहभागिता रहन पुगेको छ । सैद्घान्तिक तथा दार्शनिक रुपमा सबै आ–आफ्ना रुची , विश्वास र मान्यता बोकि हिड्न स्वतंन्त्र छन् । तर यस भित्र प्रवेश गरे पछि चाही सबैलाई सामुहिकताको सपथ लिनु अनिवार्य छ । किनकि यसले व्यतिmवाद, अनुदारवादलाई आफ्नो सबभन्दा ठूलो दुश्मन र शत्रु ठानेको छ । कुनै पनि सामाजिक, सांस्कृतिक, शैक्षिक संस्थाहरुको विकास र स्थापित्वहरुका लागि चाहिने सब भन्दा ठूलो कुरो हो ः राजनैतिक गुटबन्धीको शिकार हुनबाट बचाउनु कुनै पनि संघ, संस्था, सामाजिक,सांस्कृतिक, शैक्षिक क्षेत्रहरु राजनैतिक –सामाजिक, वर्गीय चेतना बिना बढ्न र हुर्कन सक्दैन । विगतका विभिन्न सामाजिक सेवाका कार्यहरुद्घारा जुन यसले कीर्तिमानहरु कायम गर्न खोजेको छ त्यो कम उपलब्धि पूर्ण छैन। आज के पाईलट, के राजनेता, के पत्रकार, के साहित्यकार, के समाजसेवी, के डाक्टर, के शिक्षक, के प्राध्यापक, के रङ्ग कर्मी बुद्धिजीवी, के कलाकार, के खेलाडी, के साहुजी, के कामदार, के किसान, के युवा,के महिला, के विधार्थी सबैको समान सेवाहरु, सहभागिता यसै भित्र रहन पुगेको छ । यो नै सामाजिक चेतनाको परि सुचक हो ।

यसका आउँदा भोलिका दिनहरु अति नै प्रतियोगितात्मक र चुनौतीपूणर््ा हुन जाने हुँनाले यसले आफ्नो कार्यक्रमहरुको वार्षिक रुप–रेखा,(तालिका) बनाई, कार्यहरुको वर्गीयकरण गरि, तात्कालिन तथा दिर्घकालिन कार्यहरु सम्पादन गरि अघि बढ्न सकेमा यसको आफ्नो किसिमको बिशिष्टता र मान्यता रहन जाने कुरा निर्विबाद छ । जनस्तरबाट उठेको संस्थाको विकास र वृद्घि जन–सहयोग मै निर्भर गर्दछ । यो एउटा वास्ताविकता हो ।

An introduction to BISHAL MILAN KENDRA