An introduction to BISHAL MILAN KENDRA contact.php feedback.php

विशाल मिलन केन्द्र र रक्तदान कार्यक्रम

“रक्तदान जिवनदान हो, रक्तदान गरि दान वीर वन्नुहोस्” यो हाम्रो नेपाल रेडक्रस रक्त संचार सेवाको नारा हो । यस नाराले मानव जीवनको सबभन्दा बहुमूल्य मान्यतालाई वोध गराउँदछ । हामीले आफुले गरेर कुनै अर्को मानवको रक्षा हुन्छ भने यो भन्दा ठूलो कर्म र ठूलो धर्म अरु हुन सक्दैन । त्यसैले दानहरुमा सबभन्दा ठूलो दान जिबनदान हो पनि भनिएको छ । १ युनिट रक्तदान गरेर पनि तपाई हामी जिवनदान गर्न सक्छौं । एकथरी समाज सेवीहरुको भनाइ अनुसार त १ युनिट रगतले १ जनाको मात्र जिन्दगी बचाउदैन, उक्त रगत लिने ब्यक्तिमा आश्रित अरु २÷३ केटाकेटी र श्रीमान अथवा श्रीमती सबैलाई असहाय वा अनाथ हुन जानेबाट अथवा परिवार नै टुत्रिनबाट जोगाउन मद्दत हुन जान्छ । अत ः यी सबै तथ्यहरु गरि उक्त रक्तदानको महत्व समाजमा दिन परदिन महत्व हुदै गैरहेको र आजका युवाहरु खासगरी यस दान तर्फ बढी जागरुक भई सकृय रुपमा रक्तदान गर्ने र आफ्नो मित्रवर्गहरु बाट यस बारेका अन्धविश्वास हटाउन प्रसस्त मेहनत गरिरहेका पनि छन् ।

यसै सन्दर्भमा उत्तरपूर्वि काठमाडौ क्षेत्रको का.न.पं. वडा न.४ चण्डोल विशालनगरमा मार्ग २०४३ मा स्थापना भएको विशाल मिलन केन्द्रले समाजमा रक्तदान बारेको अन्धविश्वासहरु हटाउने तथा बेलामा रक्तदान शिविर संचालन गरी समाजसेवाको क्षेत्रमा आफ्नै किसिमले जनचेतना जगाउने कार्यहरु गर्दै आएको छ । यो जिवनदान गर्ने काम २०४३ साल फाल्गुण ७ गते राष्ट्रिपिता स्व. श्री ५ त्रिभुवन जयन्ति तथा प्रजातन्त्र दिवसको शुभ– अवसर देखि सुरु गरिएको हो ।

पहिलो रक्तदान शिविर संचालन गर्दा जम्मा २० जना उत्साही युवाहरु मात्र थिए भने अहिले शिक्षक, विधार्थी र युवाहरुको साथै राष्ट्र सेवकहरु तथा अभिभावकहरुको समूहहरुबाट गरि १३३ युनिट रगत संकलन हुनुमा उत्साह पूर्ण वातावरण रहेको पाइन्छ ।

रक्तदान समारोह हामीहरु एउटा मेलापात भरेको जस्तै रमाईलो गरिकन मनाउँछौ । यसमा रगत दिन सक्नेहरुले रगत दिने तथा कतिपय कारणहरुले कुनैले सो अवसरमा रगत दिन नसकेपनि शिविर संचालनको कार्यमा जिम्मेवारी लिइकन खट्ने गरेको पाइन्छ । यस वाहेक हाम्रो अभिभावक समूहले रक्तदाता भाई,छोरा – छोरीहरुलाई फलफुल खान र दुध वा अन्य पेय पदार्थ पिउन भनि आर्थिक सहयोग गरेर हाम्रो हौसला बढाइ दिई रहनु भएको छ ।

रक्तदानको कार्यक्रममा रक्तदान सकिएपछि –चौथो शिविर देखि) हामीले सहभागी अभिभावक र रक्तदाताहरुलाई केही भाग्यशाली पुरस्कार समेत लिने दिने थप कार्यक्रम राखेका छौं । यसले गर्दा युवा समूह लगायत अन्य समाजसेवीहरुबाट रक्तदान कार्यक्रमलाई प्रशस्त बढेको छ । यसले हाम्रा अरु सामुहिक कार्यक्रमहरु संचालन गर्न स्वयम रक्तदाताहरुलाई समेत प्रशस्त हौसला मिल्न गएको छ । मानव सम्वन्धको बिकास र सहयोग बढाउने बारेको यो एउटा धेरै सानो स्थानीय परिक्षण सम्म हो ।

विशेष रक्तदान गर्ने रक्तदाताहरु – महिलाहरुको सहभागितामा बृद्घि

हाम्रो शिविरहरुको अर्को सफलताको चर्चा गर्ने हो भने प्रथम वर्ष महिला तर्फ १ जना मात्र रक्तदाता रहेकोमा अहिले ५ शिविर सम्ममा १० जना महिलाको सहभागिता पुगि सकेको देखिन्छ । यो साँच्चि नै ठूलो उत्साहवर्धक संकेत हो। रक्तदान गर्ने सिलसिलामा बर्षमा ३ देखि ४ पटक सम्म सुरक्षित रुपले हामीहरुले रक्तदान गर्न सकिने कुरा डाक्टरहरुले बारम्बार सम्झ्ना गराएको तर्फ हामीले यसको राम्रो प्रचार समाजमा गरिरहनु पर्ने देखिन्छ । यसरी रगतको जरुरी परेमा सदस्य र तिनका परिवारहरुलाई आवश्यक परे जति रगत हामीले तत्काल उपलब्ध गराउन सकिने हुँदा बढी रक्तदाताहरुको समूह बनाउँदै लगि आजको आजको तथा आजभन्दा पनि भोलीको समाजलाई थप स्वस्थ र थप सुखी बनाउन सक्नेनै छौं । अहिलेको परिस्थितीमा वर्षको २ पटक मात्र हाम्रो समाज सेवी संस्थाहरुले राम्ररी उत्प्रेरणाको कार्यक्रम सञ्चालन गरि रक्तदान गर्ने वातावरण बनाउन सकेमा हाम्रो समाजमा रगतको कमी नहुने बिश्वास गर्न सकिन्छ ।

बिरामीलाई चाहिने भन्ना साथ रगत बैङ्कबाट सुविधा पूर्वक तत्काल दिन लिन सकिनेछ । यसमा रक्तदान गर्दा शरिरलाई कुनै हानी हुदैन । रगत हाम्रो शरिरमा प्रति महिना तयार भइरहन्छ र पुरानो रगतको कण स्वत ः भरिरहन्छन् । अत ः नास हुने रगत दिएर कस्रकोजिवन बच्छ भने सो दान अवश्य गरौं भनेर समझदार नागरिकहरुले अरुलाई बुझाउनु पर्दछ । हाम्रो केन्द्रले यसै कुरालाई यस क्षेत्रमा सानै रुपमा भएपनि समाजमा प्रचार गरि रहेको छ ।

अन्त्यमा रक्तदान गरेर शरिरलाई कुनै किसिमको हानी पुग्दैन । डाक्टरहरुको सल्लाह अनुसार ३÷३ महिनामा अथवा वर्षको ४ पटक सुरक्षित रक्तदान गर्न सकिन्छ । तैपनि हामीले हामीले वर्षको २ पटक मात्र भए पनि रक्तदान गर्न सकेमा अकाल मृत्युहरुको संभावनाहरुबाट हाम्रो नेपाली समाजलाई थोरै रक्ष ागर्न सक्ने छौं ।

An introduction to BISHAL MILAN KENDRA