विशाल मिलन केन्द्र र रक्तदान कार्यक्रम
केन्द्रको गतिविधि क्रमश ः बढ्दै गएपछि भवनको खाँचो हुनु स्वाभाविक थियो । सानो एक कोठाको भवनले हाम्रो आवश्यकतालाई पूरा गर्न सकिरहेको थिएन । गत बर्षको बर्षातमा चण्डोलको बाटो धेरै खराब हुनाले मोटर आवत जावत मात्र नभएर मानिस हिड्न पनि धेरै कठिन भएको थियो । एक दिन विहान केन्द्रको प्राङ्गणमा भएको चण्डोलबासीको भेलाले चण्डोल सडक, सडक विभागको तर्फबाट मर्मत सुधार हुन नसकेकोले हामी आफैबाट गरौं भन्ने सहमती भयो । एकसय त्रिचालिस जनाबाट रु ४९,२७९।– पनि जम्मा भयो । यसै रकमबाट सडक ग्राभेल गर्ने व्यवस्था हँुदै थियो, एक जना सज्जनले हाम्रो बाटोमा दुरसञ्चारले टेलिफोनको केबुल विछ्याएपछि बाटो धेरै बिग्रिएको हो । सडक खन्नु अगाडि दुरसञ्चारले सडक विभागमा मिटरको हिसाबले सडक मर्मतको लागी रकम बुझाएको हुन्छ । हाम्रो सडकको रकम सडक विभागमा छ भन्ने कुरा थाहा भयो । धेरै प्रयास पछि सडक विभागले यो कुरा स्वीकार गरेर उक्त विभागबाट सडक मर्मत हुन गयो ।
सडकमा खर्च गर्न नपरेको रकमबाट चण्डोल सडकमा बत्ति बाल्ने प्रयास भयो । बिधुत प्राधिकरण संगको धेरै प्रयास पछि रु ५२,०००।–जडान खर्च लाग्ने र केन्द्रको तर्फबाट रु १७,४२०।– जडान खर्च तिर्न पर्ने बत्तिको मासिक शुल्क पनि बुझाउन पर्ने जानकारी भयो । यसै अनुरुप बत्ति बाल्ने प्रयास भैरहेकोमा एक्कासी नेपाल–भारत ब्यापार तथा पारवहन सन्धि हुन नसकेको र जडान सामग्रीहरु आउन बठीन भएको बत्ति जडान हाल हुन नसक्ने जानकारी भयो । सडकको लागि जम्मा भएको रकम, र ४ न. वडा समितिबाट सहयोग भएका रकमहरुले हामीलाई भवन निमार्ण गर्ने प्रेरणा प्राप्त भयो र २०४६ साल आषाढ २१ गते बुधबार वि.मि. केन्द्र प्राङ्गण्मा एउटा सभा बसी १३ जना सदस्यको भवन निर्माण समिति तयार गर्ने निर्णय भयो सो निर्णय अनुसार भवन निर्माण समितिमा निम्न सदस्यहरु रहनु भयो ।
विशेष रक्तदान गर्ने रक्तदाताहरु –- १) श्री अच्यूत प्रसाद सापकोटा संयोजक
- १२) श्री लालबहादुर अधिकारी सहसंयोजक
- ३) माननीय श्री लक्ष्यबहादुर गुरुङ्ग सदस्य
- ४) श्री मधुसूदन ढकाल सदस्य
- ५) इन्जिनियर श्री डोरक बहादुर थापा सदस्य
- ६) इनिजनियर श्री मोहन चन्द्र ठकुरी सदस्य
- ७) न.स.स.श्री उपेन्द्र बहादुर थापा सदस्य
- ८) श्री चेतनाथ अधिकारी सदस्य
- ९) श्री टंक प्रसाद अधिकार सदस्य
- १०) श्री के.डी.बराल सदस्य
- ११) श्री ऋषीकेश शर्मा
- १२) श्री नगर विकास योजना कार्यान्वयन समितिका प्रतिनिधि सदस्य
- १३) श्री भवन आवास तथा सहरी विकास क्ष्ोत्रीय निर्देशनालयका प्रतिनिधी सदस्य
इन्जिनियर श्री डोरक बहादुर थापाको डिजाइनर इष्ट कन्सल्टको सहयोगमा नक्सा तयार भयो । रु ४,७६,०००।– को लागतको उक्त भवन बनाउन जनसहभागितालाई प्रोत्साहन गर्नका लागि सुधार कार्यक्रम अन्तर्गत ५०५ भौतिक सामग्रीको सहयोग आवास तथा भौतिक योजना मन्त्रीज्यूको सकृयतामा उक्त मन्त्रालयबाट प्राप्त हुने भयो । भवन निर्माणका लागि उत्साही सदस्यहरुले मौज्दात रकममा तत्काल रु.४०,०००।– सहयोग गरि उक्त लागत रकमको २५५ रकम रु. १,१९,२००।– नगर विकास कार्यान्वयन समितिमा जम्मा गरियो ।
यसपछि रकमको सहयोग क्रमश ः जुट्दै गएको छ भने निर्माण कार्यमा जन–श्रमदान पनि त्यतिकै जुटेको छ । भुंई तलामा एउटा सानो हल र एककोठा र माथिल्लो तलामा ३ कोठा र ठूलो कौसी भएको यो ाघरले केन्द्रको आवश्यकता पूरा गर्ने मात्र नभएर यो क्षेत्रको आवश्यकतालाई नै पूरा लक्ष्य लिएको छ । भेला गोष्ठी, समारोह, चाड पर्व आदी कार्यलाई सामुहिक थलोको रुपमा विकास गर्ने भएको यस भवनमा वाचनालय, स्वास्थ क्लिनिक, खेलकुद, कार्यालय आदीको ब्यवस्था गर्ने पनि केन्द्रको उदेश्य रहेको छ ।
हालको मूल्य वृद्घिले गर्दा लागत रकममा भवन निर्माण कार्य सक्न कठीन भैरहेको छ भने आवश्यक भौतिक सामग्रीको व्यवस्था गर्न र साइड सुधार गर्न पनि त्यतिकै अप्ठेरो महशुस भैरहेको छ । प्रत्येक साना ठूला समारोह र कार्यमा यस क्षेत्रका समाजसेवीहरुको पटक पटकको अथक सहयोगबाट नै यी प्रयासहरु सफल भैरहेका छन् । हामीले आफ्नो स्थाई स्रोतलाई जन्म दिएर केन्द्रको गतिविधिलाई निरन्तरता दिने तर्फ बढी सोचिरहेका छौं । सामुहिक चासो र सहयोगले नै सामुहिक विकास हुने कुरामा हामी विश्वस्त छौं ।
भवन निर्माणमा प्राप्त रकम मध्ये हाल सम्म विभिन्न दाताहरुबाट प्राप्त सहयोग निम्न छन् ः–